Friday, August 20, 2010

araticle 4: विद्यार्थी नेताहरु ! अजियनको तबेला कसले सफा गर्ने ?

विद्यार्थी नेताहरु ! अजियनको तबेला कसले सफा गर्ने ?
                                                        -राजेन्द्र राई

विद्यार्थी आन्दोलनको भविष्य अन्धकार देखिँदैछ अथवा विद्यार्थी आन्दोलनको आयु छोटिँदो छ भन्ने किटानी र नकारात्मक विचारको त कुरै छाडौँ विद्यार्थी आन्दोलनका भविष्य कस्तो होला अथवा आगे विद्यार्थी आन्दोलनको आयु कति होला भन्ने तटस्थ प्रश्न समेत आजका मितिमा वा आजका मितिसम्म धेरैका लागि अनावश्यक असान्दर्भिक अरुचिकर अपि्रय र अनौठो लाग्नसक्छ । त्यतिमात्र होइन यस्ता विचार र प्रश्नले कतिपयको खासगरेर वर्तमान विद्यार्थी आन्दोलनका अगुवा र उनीहरुका आसेपासे-चम्चेहरुको कन्पारो तताउने रिसको पारो चढाउने सम्भावना निश्चित जस्तै छ । उनीहरुको यस्तो खाले प्रतिकि्रया वा सोचाई निर्माणको मुख्य आधार वा स्रोत नेपाली विद्यार्थी आन्दोलनको विगत/इतिहास हो यसलाई अर्को ढङ्गले प्रष्ट रुपमा भन्नुपर्दा नेपाली विद्यार्थी आन्दोलनको अति गौरवशाली र स्वर्णिम विगत/इतिहास उनीहरुका सामू रहेको कारणले उनीहरुलाई लाग्दछ नेपाली विद्यार्थी आन्दोलनको वर्तमान र भविष्य पनि त्यस्तै रहनेछ विद्यार्थी आन्दोलनको छोटो आयु वा समाप्ती सम्भव छैन विद्यार्थी आन्दोलनको आयुको बारेमा प्रश्न उठाउन निरर्थक अनुचित र अझ भन्ने हो भने मुर्खतापूर्ण काम हुनेछ ।

अवश्य पनि विद्यार्थी आन्दोलनको विगत/इतिहासलाई हेर्दा त कसैले पनि यसको छोटो आयुको कल्पना गर्न वा यसको आयुको बारेमा प्रश्न उठाउने साहस वा जमर्को गर्न सक्दैन । तर सबैले स्मरण र आत्मसात गर्नैपर्ने अकाट्य र तीतो सत्य के हो भने वर्तमान अनुकुल नहुने हो भने र वर्तमानमा ठिक ढङ्गले अघि बढ्न नसक्ने हो भने विगतको स्वर्णिम र गौरवशाली इतिहासले मात्र कुनै पनि संघ-संगठन र शक्तिको रक्षा गर्न र उनीहरुको आयु लामो बनाउन सक्दैन । यो सत्य नेपाली विद्यार्थी आन्दोलनको सन्दर्भमा पनि लागू हुन्छ । यसको मतलब नेपाली विद्यार्थी आन्दोलनको वर्तमान ठिक भएन भने यसलाई पनि यसको स्वर्णिम र गौरवशाली विगत/इतिहासले रक्षा गर्न वा दीर्घजीवन प्रदान गर्न सक्दैन । यस सत्यलाई आत्मसात गर्दै र नेपाली विद्यार्थी आन्दोलनको वर्तमानलाई गहिरोसँग नियालेर वा यथार्थपरक ढङ्कले मुल्याङ्कन गरेर भन्ने हो भने नेपाली विद्यार्थी आन्दोलनको आयुको बारेमा प्रश्न उठाउन सकिने मात्र होइन यसको चालामाला यस्तै रहने अथवा नेपाली विद्यार्थी आन्दोलन अहिलेकै जस्तो ढङ्गले अघि बढ्ने हो भने यसको आयुलाई अब निरङ्कुश राजतन्त्र वा निरङ्कुश व्यवस्थाले बाहेक लम्ब्याउन सक्ने छैन निरङ्कुश राजतन्त्र/व्यवस्था भएको अवस्थामा त्यसको विरुद्ध विद्यार्थी आन्दोलन केन्द्रित हुने निश्चित छ जसले गर्दा विद्यार्थी आन्दोलनले पूनर्जीवन प्राप्त गर्नेछ तर अब यो सम्भावना समाप्त भइसकेको छ-यहाँ ब्यङ्ग्यात्मक रुपमा भनिएको  ।

नेपाली विद्यार्थी आन्दोलनको आयु छोटो हुनेछ भन्ने कुरा गरिरहँदा स्पष्ट हुनुपर्ने कुरा के हो भने आफ्नो लाखौँलाख साधारण सदस्यहरु र हजारौँ संगठित सदस्यहरु भएको दावी गर्ने तथा डेढ-दुई सयको केन्द्रीय कमिटी र सयौँ स्ववियु पदाधिकारी भएको विद्यार्थी संगठनले दुइ-चार सयको जुलुश निकाल्न वा आमसभा गर्न वा आन्दोलनको नाममा दुइ-चार वटा गाडी तोडफोड गर्न समेत सक्दैन भन्न खोजिएको होइन त्यतिमात्र गर्नसक्ने कुरालाई नै विद्यार्थी आन्दोलनको अस्तित्व सरसुहाउँदो र मजबुत छ मान्ने हो भने त नेपाली विद्यार्थी आन्दोलनको आयु र अस्तित्व धेरै लामो समयसम्म रहन सक्ला नै भन्न खोजिएको कुरा के हो भनॆ नेपाली विद्यार्थी आन्दोलन विगतको जस्तै अथवा विभिन्न कालखण्डमा मुलुकको राजनीतिलाई आफूले चाहेको दिशामा डोर् याउन सक्ने शैक्षिक प्रशासन र सरकारलाई मात्र होइन निरङ्कुश राजा र शासकहरुलाई समेत घुँडा टेकाउन सक्ने शैक्षिक संस्था मात्र होइन मुलुकै ठप्प गर्न सक्ने आफ्ना आमसभा र जुलुशहरुमा हजारौँ हजार विद्यार्थी र जनतालाई उतार्न सक्ने अवस्थामा रहने छैन ।
विद्यार्थी आन्दोलन किन खतरामा छ अथवा विद्यार्थी आन्दोलनको खतरा के हुन् भन्ने कुरालाई निम्न ढङ्गले हेर्न वा देखाउन सकिन्छः

क) खुला परिस्थितिसँगै उत्पन्न भएका प्रतिकुलताहरुः
नेपाली विद्यार्थी आन्दोलनको आरम्भ र विकास मूल रुपमा मुलुकमा निरङ्कुश  शासनकालमा भएको थियो र विद्यार्थी आन्दोलनले त्यसै कालखण्डमा नै आफ्नो शानदार पहिचान र गौरवशाली इतिहास निर्माण गर्न सफल भएको हो ।

वि।सं। २०४७ सालको  राजनीतिक परिवर्तन पश्चात् तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएको केही समयलाई छाडेर मुलुकमा खुला राजनीतिक परिस्थिति निर्माण भएको छ । सामान्य ढङ्गले हेर्दा त खुला परिस्थितिले विद्यार्थी आन्दोलनका लागि अनुकुलता मात्र थप्नुपर्ने हो जस्तो लाग्नसक्छ तर गहिरिएर र समग्रतमा हेर्दा खुला परिस्थितिले विद्यार्थी आन्दोलनका लागि अनुकुलता मात्र थपेको छैन कतिपय क्षेत्रमा अति गम्भीर खालका प्रतिकुलताहरु ल्याइदिएका छन् जुन प्रतिकुलताहरु विद्यार्थी आन्दोलनका लागि गम्भीर खतरा बनिरहेका छन् त्यस्ता प्रतिकुलताहरुलाई निम्न ढङ्गले देखाउन सकिन्छः

१. आकर्षक मुद्धा हरणः
सबैभन्दा मुख्य कुरा त विद्यार्थी आन्दोलनसँग लामो समय रहेको अथवा निरङ्कुश ब्यवस्था रहेसम्म रहेको सर्वाधिक आकर्षक विषय/मुद्धा जुन विद्यार्थी आन्दोलनको प्राणको रुपमा रहेको थियो जसको कारण विद्यार्थी आन्दोलने आफ्नो पहिचान शक्ति र संगठन स्थापित गर्न सफल भएको थियो त्यो विषय/मुद्धा लोकतान्त्रिक व्यवस्थाको आगमनसँगै अथवा खुला राजनीतिक व्यवस्थाको स्थापनासँगै समाप्त भएर गएको छ  । त्यो विषय/मुद्धा थियो निरङ्कुश व्यवस्थाको अन्त्य र लोकतान्त्रिक व्यवस्थाको स्थापना ।

चाहे राणाकालामा होस् चाहे पाचायतकालमा अथवा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको समयमा होस् निरङ्कुशताको अन्त्य र लोकतन्त्रको माग गर्ने कुराले विद्यार्थी आन्दोलनलाई भयङ्कर ठूलो आकर्षण दिएको थियो किन त्यस्तो भएको थियो भने तमाम नेपाली जनता निरङ्कुश व्यवस्थाको अन्त्य र  लोकतान्त्रिक व्यवस्थाको स्थापना चाहन्थे निरङ्कुश व्यवस्थाको जतिसक्दो चाँडो अन्त्य होस् त्यस्ता व्यवस्थाका विरुद्ध सकेसम्म बढी आवाज र आन्दोलन उठोस् अथवा त्यस्ता व्यवस्थालाई अप्ठ्यारो पार्ने सकेसम्म धेरै गतिविधि साचालन होस् भन्ने चाहन्थे यसको मतलब त्यसबखत स्थिति कस्तो बनेको थियो भने ती व्यवस्थाका विरुद्ध जसले आवाज उठाउन/गतिविधि गर्न सक्थ्यो उसैले आम जनताको माया सद्भाव र सहयोग पाउन सक्थ्यो निरङ्कुश व्यवस्थालाई अप्ठ्यारो पार्ने खालका जुनसुकै समस्याहरु र कार्यक्रमहरु अगाडि सारिए पनि तिनीहरुले प्रशस्त चर्चा र आकर्षण पाउन सक्थ्यो । तर स्थिति त्यस्तो भए पनि त्यतिबेला खासगरी पाचायतकालमा सर्वसाधारणले समेत थाहा पाउने गरी वा खुल्ला रुपमा पाचायतको विरुद्ध चर्को आवाज उठाउने त्यसको विरुद्ध विभिन्न खालका संघर्षहरु गर्ने काम लगभग विद्यार्थी संगठनहरुले मात्र राजनीतिक पार्टीहरुले त मूलतः भूमिगत रुपमा काम गरिरहेका थिए देखिने गरी त कहिलेकाहीँ मात्र गर्थे गर्न सकेका थिए । जसले गर्दा त्यसबखत विद्यार्थी आन्दोलन सबैका लागि आकर्षणको  केन्द्रविन्दु बन्न सफल भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएको बेला गणतन्त्रको नारा अघि बढाउँदा विद्यार्थी आन्दोलने थप आकर्षण प्राप्त गर्न सफल भएको थियो । तर लोकतन्त्रको आगमनसँगै स्थितिमा परिवर्तन आएको छ अथवा निरङ्कुश शासनकालमा जे चीजले विद्यार्थी आन्दोलनलाईं आकर्षणयुक्त बनाएको थियो त्यस चीजको अन्त्य खुला परिवेशले ब्यवस्थाको आगमनले गरिदिएको छ एकातिर भने अर्कोतिर त्यत्तिकै आकर्षक अर्को चीज खुला परिवेशमा आगमन पश्चात् विद्यार्थी आन्दोलनले फेला पार्न सकेको छैन वा स्थापित गर्न सकेको छैन । कहिलेकाहीँ घटनामूलक रुपमा अस्थायी आकर्षक चीजहरु विषयहरु फेला पर्नु बेग्लै कुरा हो तर स्थायी रुपमा भन्ने हो भने न त सामाजिक परिवर्तन न नौलो जनवाद न जनताको बहुदलीय जनवाद न प्रजातान्त्रिक समाजवाद न त जनवादी शिक्षा न वैज्ञानिक र जनमुखी शिक्षा न संघीयता जस्ता विषयहरु निरङ्कुश व्यवस्थाको विरोध गर्नु र लोकतन्त्रको माग गर्नु जत्तिको आकर्षणयुक्त चीज हुन सकिरहेको छ वा भइरहेको छ ।

२. ठूलो शक्तिको खुला सकि्रयताः
निरङ्कुश शासनकालमा खास गरेर पाचायतकालमा विद्यार्थी आन्दोलन वा शक्ति गतिविधिको हिसाबले लगभग एकल र प्रमुख राजनीतिक पात्र बन्न पुगेको थियो तर खुला राजनीतिक परिस्थितिको आगमनसँगै त्यस्तो अवस्थाको अन्त्य भइसकको छ ।

पाचायतकालमा अधिकाँश राजनीतिक पार्टीहरु भूमिगत थिए र खुल्ला भएका केही राजनीतक पार्टीहरु गतिविधिशून्य अवस्थामा थिए र अन्य विभिन्न जनवर्गीय लगायतका संघ-संगठनहरुको अवस्था पनि त्यस्तै थियो । जसले गर्दा त्यस बखत पाचायतलाई चुनौति दिँदै खुल्ला गतिविधि गरिरहेका विद्यार्थी आन्दोलन नै सर्वत्र छाउने र जुनसुकै न्यायिक आवाज र जनचाहनालाई खुल्ला रुपमा उठाउन सक्ने एक्लो शक्तिको रुपमा देखिने स्थिति थियो । तर खुला राजनीतिक परिस्थितिको आगमनपश्चात् अन्य संघ-संगठनहरुका अतिरिक्त राजनीतिक पार्टीहरु पनि खुल्ला हुन पुगे र यस्तो हुने वित्तिकै समाजमा खुल्ला गतिविधिहरु गर्ने विद्यार्थी आन्दोलन एक्लो शक्ति त रहेन नै प्रमुख शक्ति पनि रहेन । किनकि राजनीतिक पार्टीहरु खुल्ला भएर काम गर्दा विद्यार्थी आन्दोलनका स्थान अग्र बन्ने कुनै सम्भावना रहँदैन । यो कुरा सुन्न र भन्न अप्ठ्यारो लागे पनि सत्य यही हो । किनभने राजनीतक पार्टीहरुको हैसियत सडकदेखि सदन र सत्तासम्म जोडिएको हुन्छ भने विद्यार्थी आन्दोलनको हैसियत हमेशा सडकमा सिमित हुन्छ । अर्थात् राजनीतिक पार्टीहरु ठूलो र शक्तिशाली हुँदा सदनमा मात्र होइन सत्तामा वा सरकारमा समेत हुन्छ र आफूले भनेका सोचेका कुराहरु कार्यान्वयनकर्ता तथा सबैको भाग्य र भविष्यको नियन्त्रण र निर्धारणकर्ता बन्न पुग्छ । तर विद्यार्थी आन्दोलन जत्ति नै ठूलो र शक्तिशाली भए पनि हमेशा सडकमै रहने गर्छ अथवा विद्यार्थी आन्दोलन न त अरुको भाग्य र भविष्यको प्रत्यक्ष नियन्त्रण र निर्धारणकर्ता बन्न सक्छ न त आफूले सोचेका भनेका कुराहरु आफैले कार्यान्वयन गर्ने अवस्थामा पुग्छ । यस कारणल राजनीतिक पार्टीहरुको हैसियत विद्यार्थी संगठनहरुकाभन्दा माथि हुने गर्दछ । अर्को ढङ्गले भन्ने हो भने राजनीतिक पार्टीहरु आम जनता मजदुर किसान विद्यार्थी कार्यकर्ता आदि सबैका प्रतिनिधि वा नेता हो भने विद्यार्थी आन्दोलन विद्यार्थी समुदायको मात्र प्रतिनिधि वा नेता हो । यस कारणले पनि राजनीतिक पार्टीहरुको स्थान विद्यार्थी संगठनहरुकोभन्दा अग्र रहने गर्छ । तर राजनीतिक पार्टीहरुका हैसियत अग्र स्थानमा रहन्छ भन्ने वित्तिकै विद्यार्थीको आकर्षण पनि अग्र रहन सक्दैन भन्ने होइन हैसियत र आकर्षण भिन्नै कुरा हो । तर हैसियतले आकर्षण र शक्तिलाई निकै हदसम्म प्रभावित बनाउने गर्दछ । <br>

३. गुम्दो सम्वेदनशीलता:
विगतमाभन्दा अहिले समाजमा सम्बेदनशीलता कम्जोर भएर गएको छ । यस्तो अवस्थामा कुनै पनि खालका आन्दोलन उठाउन वा अघि बढाउन कठिन हुन्छ ।

स्वभाविक रुपमा निरङ्कुशता र दमनपूर्ण घडीहरुमाभन्दा खुल्ला परिवेशमा सम्बेनशीलता कमजोर हुन्छ नै तर त्योभन्दा पनि दुःखको कुरा खुला राजनीतिक परिस्थितिको आगमन पश्चात् पनि राज्य पक्ष विभिन्न जिम्मेवार पदाधिकारीहरुको असम्बेदनशील गैरजिम्मेवार वा निर्लज्ज व्यवहारका कारण माग राख्नु आवाज उठाउनु वा संघर्ष गर्नुको केही अर्थ छैन भन्ने खालका आम भावना एकातिर विकसित भएको छ भने अर्कोतिर समाजमा ठूलठूला आपराधिक घटनाहरु हत्या हिँसाहरु दिनानुदिन भइरहेकाले गर्दा सानातिना समस्या र घटनाहरुले मात्र होइन ठूलाठूला समस्या र घटनाहरुले समेत मानिसलाई नछुने अवस्था निर्माण भइरहेको छ । जसले गर्दा चाहने वित्तिकै वा गम्भीर घटनाहरुका बाबजुद पनि आन्दोलन उठाउन गाह्रो पने स्थिति बनिरहेको छ । तर पाचायतकालतर्फ फर्केर हेर्ने हो भने त्यतिबेला जोगीमारामा बस पल्टिदा जस्तो सामान्य घटनादेखि लिएर रङ्गशालामा मानिसहरु थिचिएर मर्दा मेघालयबाट नेपालीहरु खेदिँदा मानेमाज्याङ्गमा भारतेली सेना-पुलिसहरु केही क्षणका लागि प्रवेश गर्दा थोरै मात्र शैक्षिक शुल्क बृद्धि गरिँदा सरकारी पुलिसहरुद्वारा एउटा मान्छे मारिँदा संघर्षका ज्वाला दन्किन्थ्यो ।


४. थोरै गर्दा पनि धेरै बुझिने अवस्थाको अन्त्य:
निरङ्कुशकालमा थोरै गर्दा पनि धेरै बुझिन्थ्यो भने खुला परिस्थितिमा धेरै गर्दा पनि थोरै बुझिन्छ । किनकि निरङ्कुशकालमा कठोर दमन हुने भएकोले वा राजनीतिक संघ-संगठनहरुको गतिविधिहरुमाथि कडा प्रतिबन्ध हुने भएकोले त्यस्तो दमनलाई चिर्दै र प्रतिबन्धलाई चुनौती दिँदै कुनै पनि काम गर्दा चाहे त्यो पोष्टरपम्प्लेट टाँस्ने कुरा होस् वा पर्चा छर्ने छड्के जुलुस निकाल्ने र हजार-पन्ध्र सयको जुलुस निकाल्ने कुराहरु नै किन नहोस् सबै बहादुरीपूर्ण र चर्चायोग्य ठहर्ने गर्छ/गथ्र्यो विगत निरङ्कुशकालमा खास गरेर राणा र पाचायतकालमा पनि त्यस्तै अवस्था थियो । तर खुल्ला परिवेशमा जो कसैले पनि शान्तिपूर्ण ढङ्गले गतिविधिहरु गर्न पाउने अवस्था भएकोले ठूलठूला कामहरु गरिँदा पनि सामान्य लाग्दछ  अथवा ठूलै आन्दोलन गरे पनि वा हजारौंका जुलुस निकालिए पनि त्यो केही होइन जस्तो लाग्छ । किनभने त्यस्तो काम गरिनु कुनै साहसको काम होइन भन्ने ठानिन्छ एकातिर भने अर्कोतिर तीभन्दा ठूला आन्दोलन र जुलुसहरु त राजनीतिक पार्टीहरुद्वारा पनि पटकपटक गर्ने गरिन्छ । खुला परिस्थितिको आगमनसँगै विद्यार्थी आन्दोलनले त्यस्तै कुराको सामना गर्नु परिरहेको छ अथवा विद्यार्थी संगठनहरुमो सकि्रयता विगतमाभन्दा बढी र व्यापक हुँदाहुँदै त्यो कुरा अरुले महसुस नगर्ने उनीहरुले गर्ने विभिन्न खाले काम र आन्दोलनले यथोचित महत्व चर्चा र प्रशंसा नपाउने अवस्था भइरहेको छ ।

५. सहयोगीहरु समर्थकमा रुपान्तरितः
निरङ्कुश कालमा विद्यार्थी आन्दोलनका काममा धेरैको महत्वपूर्ण ढङ्गले सहयोग हुने गथ्र्यो खासगरी निरङ्कुशता विरोधी अथवा लोकतन्त्रका पक्षधर राजनीतिक पार्टीहरु शिक्षक किसान मजदुर महिलाहरु आदि जसले आफैले खुल्ला ढङ्गले काम गर्न नसक्ने स्थिति भएकोले र विद्यार्थी आन्दोलन वा संगठनहरुकै आध्यमबाट आफ्ना चाहना र आवाजहरुलाई अभिब्यक्ति गर्नुपर्ने भएकोले अथवा लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउनुपर्ने भएकोले तिनीहरु सबै र अन्य जनसमुदायले विद्यार्थी आन्दोलनलाई फैलाउन र सशक्त पार्न खुबै मद्दत गर्थे अझ राजनीतिक पार्टी र शिक्षक संगठन वा शिक्षकहरुको सहयोग त विशेष महत्वपूर्ण थियो उनीहरुले विद्यार्थी आन्दोलनका योजनाहरु बनाइदिनेदेखि लिएर ती योजनाहरु सफल पार्न लाग्ने कयौँ ठाउँहरुमा कमिटीहरु निर्माण गरिदिने मात्र होइन विद्यार्थी संगठनहरुका प्रतिवेदनहरु समेत लेखिदिने जस्ता कामहरु आफैले गर्ने गर्थे । तर खुला परिस्थितिको आगगमनसँगै त्यस्तो अवस्थाको अन्त्य भएको छ अथवा निरङ्कुशकालका विद्यार्थी आन्दोलनका सहयोगीहरु खुला परिस्थितिको आगमनसँगै समर्थकमा रुपान्तरित भएका छन् । किनकि खुला परिस्थितिको आगमनसँगै राजनीतिक पार्टीहरु र अन्य संघ-संगठनहरुले आफ्ना कामहरु आफै सोझै गर्नसक्ने  र गर्नुपर्ने खुल्ला परिवेश निर्माण भएको कारण सबै आ-आफ्ना क्षेत्रको काममा लागेका छन् र उनीहरुले विद्यार्थी आन्दोलनलाई हिजोको जस्तो सहयोग गरिरहेका छैनन् मात्र होइन त्यसो गर्नु जरुरी नै ठानिरहेका छैनन् । यस कुराले पनि निश्चितै रुपमा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने कुरामा प्रतिकुल पुर् याइरहेको छ ।

६. राजनीतिमा खराब मानिसहरुको समेत आगमनः
निरङ्कुशकालका कठिन परिस्थितिमा विद्यार्थी आन्दोलनमा लाग्ने कुरा त्यति सजिलो काम थिएन जसले गर्दा त्यतिबेला जो पायो त्यही विद्यार्थीहरु विद्यार्थी आन्दोलनमा आउन सक्ने अवस्था थिएन । त्यतिबेला केही अपवादलाई छाडेर त्यस्ता ब्यक्तिहरु मात्र विद्यार्थी आन्दोलनमा आउँथे जसको मनमा देश जनता र समुदायका लागि केही योगदान गरौँ देशमा निरङ्कुशताको अन्त्य र लोकतन्त्रको स्थापना गर्ने काममा केही योगदान पुर् याऔँ भन्ने भावना हुन्थ्यो जो संघर्ष र दुःख-कष्टसँग डराउँदैनथ्यो ।

तर खुला परिस्थितिको आगमनपश्चात् जो कोही पनि सजिलै विद्यार्थी आन्दोलनमा आउनसक्ने अवस्था निर्माण भयो । परिणामतः खुला परिस्थितिमा  रहरै रहरमा पनि अरुको लहैलहैमा लागेर पनि र खराब मनसाय बोकेर पनि कतिपय मानिसहरु विद्यार्थी आन्दोलनमा आउन थाले अथवा आउने गरेका छन् त्यसरी विद्यार्थी आन्दोलनमा आउने अधिकाँशले विद्यार्थी्र आन्दोलनका वास्तविक महत्व र मर्म बुझेकै हुँदैनन् मात्र होइन बुझ्न कोशिश पनि गर्दैनन् र जरुरी पनि ठान्दैनन् जब विद्यार्थी आन्दोलनमा लागेकै मानिसहरुले अथवा विद्यार्थी आन्दोलनका सदस्यहरुले आन्दोलनका महत्व र मर्म बुझेकै हुँदैनन् भने उनीहरुबाट आन्दोलनमा सकारात्मक योगदान पुग्न नसक्ने पनि निश्चित छ । बरु उनीहरुको कारणले विद्यार्थी आन्दोलनमा कहिलेकाहीँ विभिन्न खाले समस्या सिर्जना हुन सक्दछ उनीहरुलाई संगठनमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आइलाग्न सक्दछ । अझ खराब मनसाय लिएर विद्यार्थी आन्दोलनमा छिरेकाहरुबाट त धेरै खाले समस्या भोग्नुपर्छ । अहिले केही हदसम्म यस्तै भइरहेको छ जसले विद्यार्थी आन्दोलनलाई कमजोर बनाइरहेको छ विद्यार्थी आन्दोलनको गतिलाई रोक्ने काम गरिरहेको छ आगामी दिनमा यो झन बढेर जानेछ ।

७. खराब राजनीतिको अपजस:
खुला परिस्थिति अघि बढ्दै जाँदा राजनीतिको आकर्षण नराम्रोसँग घट्न पुगेको छ अथवा राजनीति साह्रै नराम्रोसँग बद्नामित भएको छ । हुनत खुला परिस्थितिमा राजनीतिको आकर्षण घट्नु वा राजनीति बद्नामित हुनु अनिवार्य कुरा होइनन् राजनीतिक पार्टी र नेताहरुले सक्षमता र इमान्दारिता देखाउन सक्दा अथवा राम्रो काम गर्न सक्दा राजनीतिको आकर्षण बढ्न पनि सक्छ तर हाम्रा राजनीतिक दल र नेताहरुले त्यसो गर्न सकेनन् अथवा उनीहरु क्षमता र इमान्दारिताको परिक्षामा नराम्रोसँग असफल भए जुन कुरा खुला परिस्थितिको कारण दुनियाँको नजरबाट छिप्न सकेन त्यसैले उनीहरु जनताको नजरबाट गिर्दै गए अथवा राजनीतिक दल नेताहरु र सिँगो राजनीतिको आकर्षण नराम्रोसँग घट्दै गयो ।

 मूल राजनीतिको आकर्षण घटेको अथवा मूल राजनीति बद्नामित भएको कारणले त्यसैको असर स्वरुप विद्यार्थी आन्दोलनको पनि आकर्षण घटिरहेको छ अथवा यस्तो बद्नामित राजनीतिको मार विद्यार्थी आन्दोलनले पनि नराम्रोसँग भोग्नुपरिरहेको छ । किनभने विद्यार्थी आन्दोलनलाई पनि सालाखाला रुपमा राजनीतिकै रुपमा बुझिने भएकोले राजनीति  राजनीतिक दल र नेताहरुलाई नरुचाउने मानिसहरुले विद्यार्थी आन्दोलनलाई पनि मन पराउन छाडेका छन् अथवा राजनीतिक दल र नेताहरुले गरेको गल्तीको सजाय विद्यार्थी आन्दोलनले समेत भोग्नुपरिरहेको छ । हुनत विद्यार्थी आन्दोलन पनि चोखा छैनन् त्यसको बारेमा पछि छलफल गरिनेछ  ।

८. आन्दोलनका सामान्य रुप र तरिका अनाकर्षकः 
बहुदलीय व्यवस्थाको आगमनपश्चात् विद्यार्थी आन्दोलनको मूल धार अहिलेको राजनीतिक व्यवस्थालाई तुरुन्तै परिवर्तन गर्नुपर्दछ भन्ने सोच र मान्यताकासाथ अगाडि बढिरहेको छैनन् अथवा उनीहरु यस्तो व्यवस्थालाई अधिकतम् उपयोग गर्नुपर्छ भन्ने मान्यताकासाथ  अगाडि बढिरहेका छन् । यसो हुनु वित्तिकै निरङ्कुश शासनकालमा जस्तो जतिसक्दो चाँडो निरङ्कुश व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने माग र सोचसहित अगाडि बढिरहेको  विद्यार्थी आन्दोलनको जस्तो रुप र तरिका अहिलेको खुला परिस्थितिमा हुनसक्दैन अथवा निरङ्कुशकालमा  जस्तो खालका जसरी भए पनि निरङ्कुश व्यवस्थालाई अप्ठ्यारो पार्ने अथवा चर्को खालका आन्दोलनका रुप र तरिका उचित हुन्थ्यो भने अहिलेको खुला परिवेशमा त्यसो गर्नु एकातिर गैरजिम्मेवारीपूर्ण काम ठहरिन्छ भने अर्कोतिर निकै अव्यावहारिक पनि हुन्छ । तसर्थः खुला परवेशमा बढी रचनात्मक र जिम्मेवारपूर्ण खाले आन्दोलनहरु अघि बढाउनुपर्ने बाध्यता हुन्छ । यसो गर्ने वित्तिकै खुला परिवेशका विद्यार्थी आन्दोलनका रुप र तरिकाहरु निरङ्कुशकालका जस्ता जुझारु वा धारिलो नहुने वा नदेखिने स्थिति हुन्छ । यस्ता आन्दोलनका रुप र तरिकाहरुले एकातिर यथेष्ट चर्चा पाउन सक्दैन भने अर्कोतिर विद्यार्थीहरुलाई पनि त्यति धेरै आकर्षण गर्न सक्दैन । परिणामतः विद्यार्थी आन्दोलनप्रति नै उनीहरुको आकर्षण घट्नसक्छ ।

ख) समयक्रममा उत्पन्न भएका प्रतिकुलताहरुः
समयक्रमसँगै केही यस्ता प्रतिकुलताहरु उत्पन्न भएका छन् जसले विद्यार्थी आन्दोलनलाई निकै अप्ठ्यारोमा पारिरहेका छन् । त्यस्ता प्रतिकुलताहरुलाई बुँदागत रुपमा निम्न ढङ्गले चर्चा गर्न सकिन्छः

१. शैक्षिक निजीकरणः
मुलुकको शिक्षा क्षेत्रका भइरहेको तीव्र र ब्यापक निजीकरणले पनि विद्यार्थी आन्दोलनलाई विस्तारित र सबल हुनमा अप्ठ्यारो सिर्जना गरिरहेको छ । सबैलाई थाहा छ केही समययता मुलुकको शिक्षा क्षेत्रको निकै ठूलो प्रतिशत निजी क्षेत्रले ओगटिरहेको छ र यो क्रम तीव्र रुपमा बढिरहेको पनि छ तर निजी शैक्षिक संस्थाहरुमा विद्यार्थी आन्दोलनले प्रवेश पाउन गाह्रो बनिरहेको छ । यस्तो किन भइरहेको छ भने एक त प्रशासनिक कडाइका कारण विद्यार्थीहरु विद्यार्थी आन्दोलनबाट टाढा रहनुपर्ने स्थिति छ भने अर्कोतिर ती शैक्षिक संस्थाहरुमा चर्को आर्थिक लगानी गर्नुपर्ने भएकोले अभिभावकले पनि आफ्ना छोराछोरीलाई विद्यार्थी आन्दोलनबाट टाढा राख्न चाहन्छन् र स्वयम् विद्यार्थी पनि टाढै रहन खोज्छन् किनकि उनीहरुलाई लाग्दछ कि विद्यार्थी आन्दोलनका गतिविधिहरुमा लाग्दाखेरि पढाइ विगि्रयो भने वा राम्रो भएन भने उनीहरुले शिक्षामा गरेको चर्को आर्थिक लगानी बर्बाद हुनेछ ।

२. विद्यार्थीहरुको उमेर:
विद्यार्थीहरुको कम उमेर पनि विद्यार्थी आन्दोलनको विस्तार र सशक्तीकरणका लागि बाधक बनिरहेको छ । खासगरी स्कुलमा पढ्ने विद्यार्थीको उमेर निकै कम भएकोले उनीहरुलाई विद्यार्थी आन्दोलनको महत्व देशको वा आफ्नो समुदायमाथिको समस्याहरुले गम्भीर नबनाउने स्थिति छ । परिणामतः उनीहरुलाई विद्यार्थी आन्दोलनमा संगठित गर्न र निरन्तर रुपमा हिँडाउन वा स्वपरिचालित हुन सक्ने बनाउन निकै समस्या भइरहेको छ र स्कुलहरुमा विद्यार्थी आन्दोलनलाई विस्तार गर्न बलियो बनाउन गाह्रो भइरहेको छ ।

३.  अर्थवादी चिन्तनको विकासः
अहिले नेपाली समाजमा जुनसुकै कामको पनि तत्काल परिणाम वा उपलब्धि पाइहाल्नुपर्छ त्यस्तो हुँदैन भने त्यो काम बेकार हो वा त्यो काम बेकारमा गरिएछ भन्ने खालको चिन्तन विकास भइराखेको छ । यो अर्थवादी चिन्तनै एउटा रुप हॊ पुरानो ट्रेड युनियन आन्दोलनमा चिन्हित गरिएको अर्थवादी चिन्तनको विषय अलि फरक भएकोले भ्रम नहोस् । यस्तो खाले चिन्तनको नकारात्मक असर विद्यार्थी आन्दोलनले कसरी भोग्नुपरिरहेको छ भने सरकार र अन्य जिम्मेवार निकायहरु लबस्तरो भएको कारणले  विद्यार्थीहरुले ठूलठूला आन्दोलनहरु अगाडि बढाउँदा पनि उनीहरुका मागहरु पूरा भएनन् भने त्यसको अपजस गैरजिम्मेवार शासक र अन्य पदाधिकारहरुलाई दिनुको सट्टा विद्यार्थीहरु उल्टो आन्दोलबाट चाहिँ निराश हुने आन्दोलनको औचित्यतामाथि प्रश्न उठाउने गर्न थालेको छन् । तर विगतमा अथवा निरङ्कुशकालमा यस्तो थिएन । जस्तो कि नेपालको करिब पहिलो विद्यार्थी आन्दोलन जो राणाकालमा भएका थियो र जयतु संस्कृतम् नामले परिचित र प्रसिद्ध भएको थियो त्यस आन्दोलनले उठाएका कयौँ मागहरु अहिलेसम्म पनि पुरा भएका छैनन् राणाकालमा पुरा हुने कुरा त परै छाडौँ तर पनि जयतु संस्कृत आन्दोलनबाट न राणाकालीन विद्यार्थीहरु निराश भए न त त्यस आन्दोलनको औचित्यमाथि पछिल्ला दिनमा नै कसैले प्रश्न उठायो । पाचायतकालीन विद्यार्थी आन्दोलनको इतिहासलाई हेर्ने हो भने पनि हामी देख्न सक्छौँ त्यसबेलाका आन्दोलनहरु पनि हरेक पटक सफलतामा वा प्रत्यक्ष उपलब्धिहरुसहित टुङ्गिएका थिएनन् । तर पनि असफल भएका र उपलब्धिविहीन ढङ्गले टुङ्गिएका आन्दोलनहरुबाट त्यतिबेलाका विद्यार्थीहरु निराश भएनन् । तर अहिले स्थिति त्यस्तो छैन अथवा आन्दोलनहरु देखिने खालको उपलन्धिमा गएर टुङ्गिएन भने मािथ भनिए जस्तै विद्यार्थीहरु आन्दोलनबाट निराश हुने आन्दोलन बेकारमा गरिएछ भन्ने अर्को पटकको आन्दोलनमा सहभागी हुन नखोज्ने जस्तो प्रवृत्ति देखा परिरहेको छ । यस कुराले पनि विद्यार्थी आन्दोलनलाई कमजोर नै बनाउने काम गर्दछ ।


४. उपभोक्तावादी चिन्तनको विकासः
व्यक्तिगत सुखसुविधाका लागि धन-सम्पति बस्तुको पछाडि दौडने अथवा व्यक्तिगत सुखसुविधाका लागि दौडने सुखसुविधानमा रमाउने एक वारको जिन्दगी रमाइलो गरेर विताउनुपर्छ भन्ने जस्ता खालको सोचाइलाई सामान्य अर्थमा उपभोक्तावादी चिन्तन भन्न सकिन्छ यस्तो खाले चिन्तन नेपाली समाजको साथसाथमा विद्यार्थी समुदायभित्र पनि तीव्र रुपमा विकास भइरहेको।

यस्तो उपभोक्तावादी चिन्तनको कारणले पनि कतिपय विद्यार्थीहरु विद्यार्थी आन्दोलनबाट टाढै बस्ने गरेका छन् । किनकि विद्यार्थी आन्दोलन भनेको त गम्भीर र कष्टपूर्ण काम हो ।

५. विद्यार्थीहरुलाई सिकाइएको यक्तिवादी र आत्मकेन्द्रित पाठः
केही समय यतादेखि विद्यार्थीहरुलाई यस्तो कुरा घोकाइदैछ/सिकाइदैछ विद्यार्थीहरुका काम पढ्ने-लेख्ने मात्रै हो विद्यार्थीहरुले राम्रो पढेर राम्रो जागीर खानुपर्छ राम्रो व्यवसाय गर्नुपर्छ पैसा कमाउनुपर्छ विदेश जानुपर्छ सुख-समृद्धि प्राप्त गर्नुपर्छ अथवा जसरी हुन्छ आफू बन्नुपर्छ आदि । यस्ता कुराको प्रभाव स्वरुप पनि कतिपय विद्यार्थीहरु विद्यार्थी आन्दोलनबाट टाढा हुन खोज्ने वा अलग रहने भइरहेको छ ।

ग) विद्यार्थी आन्दोलनले आफैले हुर्काई-बढाई गरेका समस्या/खराबीहरुः
विद्यार्थी आन्दोलनले हुर्काई-बढाई गरेका पनि थुपै्र समस्या/खराबीहरु छन् र खासमा विद्यार्थी आन्दोलनका लागि मुख्य खतरा भनेकै यो आफैले हुर्काई-बढाई गरेका समस्या/खराबीहरु हुन् भन्दा फरक पर्दैन । स्मरण रहोस् यहाँ समस्या/खराबीहरु हुर्किएका-बढेका भन्नुको सट्टा सचेतनतापूर्वक आफैले हुर्काई-बढाई गरेका भनिएको छ किनकि यहाँ अब उल्लेख गर्न खोजिएका समस्या/खराबीहरु कतिपय आफ्नै इच्छाले र सबै नै थाहा पाइपाई हुर्किएको-बढेको हुनाले आफैले हुर्काइ-बढाई गरेको भन्नु उपयुक्त  ठानिएको हो हुनसक्छ यस कुरामा कतिको असहमति पनि रहला ।
समस्या/खराबीहरु जे जसरी हुर्किएको-बढेको भए पनि एकातिर तिनीहरुलाई हटाउन/सच्याउन त्यति सजिलो छैन अर्कोतिर तिनीहरुलाई नहटाउने/नसच्याउने हो भने नेपाली विद्यार्थी आन्दोलनको आयु अब लामो हुने छैन ।
प्रतिकात्मक ढङ्गले भन्ने हो भने विद्यार्थी आन्दोलनभित्रका समस्या/खराबीहरु हटाउने/सच्याउने काम अजियनको तबेला सफा गर्नुभन्दा कठिन हुनेछ पौराणिक कथा अनुसार सम्राट अजियनको तबेला जहाँ तीस हजार घोडाहरु थिए र त्यो तबेलालाई बर्षौबर्षदेखि सफा नगरिएको कारण अति फोहर अवस्थामा थियो त्यस तबेलालाई सामान्य मानिसहरुले सफा गर्नु असम्भव जस्तै थियो तर त्यस तबेलालाई पौराणिक वीर हर्कुलसले एकै दिनमा सफा गरेका थिए अजियनको तबेला भन्नु वित्तिकै कठिन काम अति फोहर वा अस्तव्यस्त भन्ने बुझिन्छ ।

अवश्य पनि विद्यार्थी आन्दोलनका वा आन्दोलनभित्रका समस्या/खराबीहरु अनेक  छन् तीमध्ये गम्भीर र मुख्यलाई निम्न ढङ्गले देखाउन सकिन्छः

१. प्रचारमुखी प्रवृत्तिः
हालैका दिनहरुमा नेपाली वद्यार्थी आन्दोलन साह्रै नराम्रोसँग प्रचारमुखी प्रवृत्तिको शिकार भएको छ अथवा प्रचारमुखी हुँदै आएको छ । यसको मतलब विद्यार्थी आन्दोलनले आफ्नो प्रचारलाई अति नै महत्व दिएको अथवा प्रचारलाई आफ्नो कामको केन्द्र बनाएको छ अझ भन्ने हो भने प्रचार नै लक्ष्य प्रचार नै काम प्रचार नै उपलब्धि जस्तो ढङ्गले अघि बढ्न थालेको देखिन्छ । यसको नकारात्मक परिणाम के भइरहेको छ भने आफ्नो प्रचार वा प्रचारात्मक लक्ष्य पुरा नहुने भए अति गम्भीर ठूलो र आफ्नो एकल र अनिवार्य दायित्वभित्रको मुद्दा वा विषयहरुलाई पनि वास्ता नगर्ने वा छाडिदिने तर आफनो प्रचार हुने वा प्रचारात्मक लक्ष्य पुरा हुने भए अति महत्वहीन वा सानो र आफ्नो दायित्वभन्दा परको मुद्दा र विषयलाई उछाल्ने वा बोकेर हिँड्ने अथवा यस्तै प्रकृतिको मुद्दा र विषयहरु खोजीखोजी हिँड्ने आन्दोलन र अन्य कार्यक्रमका रुप र तरिकाहरु पनि त्यस्तै प्रकृतिको छनौट गर्ने अनुचित छ भन्ने जान्दाजान्दै पनि उग्र खालका कार्यक्रमहरु अघि बढाउने सफल नहुने वा गर्न नसकिने भन्ने थाहा पाइपाई पनि उग्र र दुस्साहसिक खालका कार्यक्रम घोषणा गर्ने त्यस्ता तौर-तरिकाहरु अपनाउने कतिपय कार्यक्रमहरु केवल प्रचारका लागि मात्र घोषणा गर्ने अनावश्यक रुपमा तोडफोड आगजनी र भीडन्तमा उत्रने गैरजिम्मेवार ढङ्गले हैसियतभन्दा ठूलो कुरा गर्ने आदि हुँदै आएको छ ।

उक्त खालका तरिकाहरु झट्ट हेर्दा आकर्षक र फलदायी जस्तो देखिए पनि यसले विद्यार्थी आन्दोलनलाई बराल्ने वा मूल दायित्वबाट पर धकेल्ने पाउनुपर्ने उपलब्धि प्राप्त नहुने गम्भीर र जिम्मेवार ढङ्गले सोच्ने पंक्तिलाई विद्यार्थी आन्दोलनसँग विकर्षण पैदा गराउने र विस्तारै विद्यार्थी आन्दोलनलाई कम्जोर बनाउँदै समाप्तीको बिन्दुतर्फ डोर् याउने निश्चित छ ।

मुल दायित्वबाट धकिलिएकै कुरा गर्ने हो भने विद्यार्थी समुदायको महत्वपूर्ण सहभागितामा सम्पन्न भएको महान जनआन्दोलन-०६२/६३ पश्चात् एउटा पनि गम्भीर विषय/मुद्दालाई लिएर बृहत र सशक्त आन्दोलन अगाडि बढाउने उपलब्धि लिने वा लिन कोशिश गर्ने काम विद्यार्थी आन्दोलन अथवा संगठनहरुबाट भएन । यसलाई अर्को ढङ्गले भन्ने हो भने जनआन्दोलन-०६२/६३ को सफलता पश्चात् उक्त आन्दोलनमा योगदान गर्ने वा नगर्ने विभिन्न समुदाय/पक्षले यहाँसम्म कि जङ्गलमा घुम्दै हिँड्ने राउटेहरुले समेत विभिन्न खाले उपलब्धि लिने कोशिश गरे र कतिले निकै महत्वपूर्ण उपलब्धि लिन सफल पनि भए तर त्यस आन्दोलनमा त्यति महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यार्थी आन्दोलनले कुनै पनि उपलब्धिको दाबी वा कोशिश समेत गरेन । उक्त जनआन्दोलन सफल भए लगत्तै यदि विद्यार्थी आन्दोलनले ब्यवस्थित ढङ्गले मागहरु अगाडि सारेको भए वा उपलब्धि लिन कोशिश गरेको भए धेरै ठूल्ठूला उपलब्धिहरु लिन संभव थियो भन्ने कुरा जोकोहीले अनुमान गर्नसक्ने कुरा हो । तर त्यस्तो हुन सकेन । त्यतिबेला पनि प्रचारमुखी काममा नै अलमल गर्ने काम भयो ।

२.  प्रतिकि्रयामा सिमितिकरणः
प्रचारमुखी काम बाहेक विद्यार्थी आन्दोलनले महत्व दिएको अर्को काम भनेको तात्कालीक विभिन्न घटना/मुद्दाहरुप्रति प्रतिकि्रया दिने काम हो । अवश्य पनि त्यस्ता घटना/मुद्दाहरुमा प्रतिकि्रया दिने कुरा नराम्रो होइन तर त्यसैमा सिमित हुनु अथवा त्यति गर्दा मात्र विद्यार्थी आन्दोलनको दायित्व पुरा भएको ठान्नु अथवा त्यति गर्नु नै विद्यार्थी आन्दोलन हो भन्ने ठान्नु चाहिँ ठूलो भ्रम हो विद्यार्थी आन्दोलनप्रतिको धोका हो तर अहिले अथवा केही समय यता विद्यार्थी आन्दोलन प्रतिकि्रया दिने कुरामा लगभग सिमित भएको देखिन्छ त्यसरी प्रतिकि्रया दिने काम पनि फगत औपचारिकताका लागि मात्र अथवा मुद्दाको टुङ्गो लगाउने गरी होइन केबल ुकेही गरेको थियोु भन्ने देखाउनका लागि वा प्रचारात्मक लक्ष्य प्राप्त गर्नका लागि अथवा प्रतिकि्रयाको लागि प्रतिकि्रयाको रुपमा मात्र हुँदै आएको छ ।

तात्कालीक मुद्दा/घटनाहरुमा प्रतिकि्रया दिने कुरा विद्यार्थी आन्दोलनको कामको वा दायित्वको एउटा पाटो मान्न अवश्य पनि सकिन्छ तर यसको मुख्य काम वा दायित्व वा लक्ष्य अरु नै छ अथवा यसको आफ्नै लक्ष्य छ यो मूल रुपमा प्रतिकि्रयामुखी वा आकस्मिक आन्दोलन होइन बरु एउटा योजनाबद्ध आन्दोलन हो त्यसो भएकोले प्रतिकि्रया दिने काममा मात्र सिमित हुने कुराले विद्यार्थी आन्दोलनको दायित्व वा लक्ष्य पुरा हुन सक्दैन अथवा विद्यार्थी आन्दोलन पूर्ण हुन सक्दैन र प्रतिकि्रया दिने काममा मात्र सिमित हुने कुराले विद्यार्थी आन्दोलनलाई सग्लो सबल अथवा जिवित राख्न सक्दैन ।

३. अराजकताः
विद्यार्थी आन्दोलनको वा आन्दोनको अर्को असाध्य रोग भनेको अराजकता पनि हो । यस्तो अराजकतालाई पनि वर्गीकरण गरेर हेर्ने हो भने एकखाले अराजकता विद्यार्थी संगठनहरुको नियमित व्यवहारमा देखिन्छ जस्तो कि विद्यार्थी आन्दोलनको महत्वपूर्ण हिस्सा ओगट्ने केही विद्यार्थी संगठनहरुले अराजकता र गुण्डागर्दीको संरक्षक र बाहक बन्ने काम गरिरहेका छन् ती विद्यार्थी संगठनहरुका नेता-कार्यकर्ताहरु नै गुण्डागर्दीमा उत्रने र अन्य विद्यार्थी संगठनका मानिसहरुलाई र सामान्य विद्यार्थीलाई दुःख दिने आक्रमण गर्ने शैक्षिक क्षेत्रमा तनाव सिर्जना गर्ने काम एकातिर गरिरहेका छन् भने अर्कोतिर गुण्डागर्दी गर्ने व्यक्ति वा जमातलाई संरक्षण प्रोत्साहन र संगठित गर्ने पैसाद्वारा खरिद गरेर वा अन्यखाले सहयोग वा आश्वासन दिएर सडक आवाराहरुदेखि लिएर पेशेवर गुण्डाहरुलाई समेत शिक्षा क्षेत्रभित्र प्रवेश गराई प्रयोग गर्ने काम गरिरहेका छन् । त्यतिमात्र होइन अरुले संचालन गर्ने न्यायपूर्ण आन्दोलन र उचित कामहरुलाई असफल पार्न लाग्ने त्यसो गर्ने क्रममा विभिन्न खाले भित्री र शान्तिपूर्ण षडयन्त्र गर्ने मात्र होइन आन्दोलनकारी वा कार्यक्रम आयोजकहलाई भौतिक आक्रमण गर्न समेत पछि नपर्ने जस्ता काम समेत गरिरहेका छन् । हुँदाहुँदा विभिन्न कामका लागि क्याम्पसले आव्हान गरेका टेण्डर आफूले चाहेको कसैलाई पार्नका लागि विद्यार्थी नेताहरुले क्याम्पस बाहिरका पेशेवर र आपराधिक गुण्डा जत्थालाई क्याम्पसभित्र लिएर आउने टेण्डर विवादमा विद्यार्थी संगठनहरुबीच ठूल्ठूला भीडन्त हुने जसको कारण कयौँ दिन क्याम्पस बन्द हुने क्याम्पसको वातावरण त्रासमय हुने आदि पनि भइरहेका छन् अथवा हुन थालेको छन् ।

दोस्रो खाले अराजकता सिङ्गो विद्यार्थी आन्दोलनमै र आन्दोलनका रुप-तौरतरिकाहरुमा देखा पर्ने गरेको छ । यस विषयमा लामो चर्चा गर्न सकिन्छ तर यहाँ त्यसो गरिरहनु आवश्यक छैन । छोटकरीमा भन्नुपर्दा सिङ्गो विद्यार्थी आन्दोलन आफ्नो मूल दायित्व लक्ष्य भूीमकाबाट भड्किनेदेखि लिएर विपरित खालका भूमिकामा उत्रने जस्तै आफ्नो राजनीतिक मान्यता मिल्नेहरुका सरकार वा जिम्मेवारहरुले गलत शिक्षा नीति कार्यक्रम ल्याउँदा अथवा विभिन्न खाले गलत निर्णयहरु गर्दा तिनीहरुको विरोध नगर्ने मात्र होइन समर्थन वा पक्षपोषण गर्ने विरोध गर्नेहरुको चाहिँ विरोध गर्ने वा तिनीहरुको विरुद्ध उत्रने आन्दोलनका नाममा अनावश्यक रुपमा तोडफोड र ध्वंशमा उत्रने आफ्नो स्वार्थजन्य मागहरु पुरा गराउन समेत स्कुल-क्याम्पसका प्रमुख शिक्षक-कर्मचारी र अन्य पदाधिकारीहरुलाई अनावश्यक खालका दबाबहरु दिने धाकधम्की दिने कुटपिट समेत गर्ने सार्वजनिक स्थलहरुमै बेइज्जती गर्ने जस्ता कामहरु भइरहेका छन् ।

अर्को खाले अराजकता विभिन्न विद्यार्थी संगठनहरुको आन्तरिक जीवनसँग सम्बन्धित छ अथवा विद्यार्थी आन्दोलनको हिस्साको रुपमा रहेको विभिन्न विद्यार्थी संगठनभित्र निजी र छुद्र स्वार्थका लागि गुटबन्दी वैमनस्यता मात्र होइन कुटपिटको स्थिति समेत देखापरिरहेको छ । यहाँससम्म कि कतिपय विद्यार्थी संगठनको कुनै पनि सम्मेलनहरु शान्तिपूर्ण ढङ्गले हुन नसक्ने आरम्भ भइसकेको राष्ट्रिय सम्मेलन समेत स्थगित गर्नुपर्ने नेतृत्व समेत प्रहरीको घेरामा बसेर छनौट गर्नुपर्ने सम्मेलनमा गम्भीर र ब्यापक प्रकृतिको धाँधली हुने नेृतृत्वले पटक पटक कुटाइ खाने विभिन्न कमिटीका कार्यालयहरु बारबार तोडफोड गरिने संगठनका निर्णय-निर्देशन विधान पटक पटक उलंघन गरिने जस्ता कामहरु सामान्य जस्तै भइसकेको छ ।

 उक्त खालका अराजकताको प्रतिनिधित्व जुन जुन विद्यार्थी संगठनहरुले गरिहेको भएपनि त्यस्ता अराजकताले सिङ्गो विद्यार्थी आन्दोलनको आकर्षण र सम्मान घटाउने आन्दोलनलाई कम्जोर बनाउने अथवा विद्यार्थी आन्दोलनको आयु घटाउने काम गरिरहेको छ ।

४. सांगठानिक स्वार्थलाई अधिक प्राथमिकताः
विद्यार्थी आन्दोलन भनेको विभिन्न विद्यार्थी संगठन-समूहहरु वा तिनीहरुको गतिविधिहरुको समुच्चय हो । यसको मतलव सिङ्गो विद्यार्थी आन्दोलनभित्र अनेक विद्यार्थी संगठन-समूहहरु र तिनीहरुका गतिविधिहरु पर्दछन् ।


कोरा आदर्शलाई छाडेर यथार्थ कुरा गर्ने हो भने विद्यार्थी आन्दोलनभित्र सामूहिक स्वार्थका अतिरिक्त अनेक विद्यार्थी संगठन-समूहहरुका निजी स्वार्थहरु पनि हुने गर्दछन् अथवा सामूहिक स्वार्थसँग अन्तरविरोध राख्ने निजी स्वार्थहरु पनि हुने गर्दछन् यस्तो हुनु स्वभाविकै हो । तर संगठन-समूहहरुले आफ्नो निजी स्वार्थलाई प्राथमिकता दिएर सामूहिक स्वार्थलाई बिस्रने वा तिलााजली दिने हो भने विद्यार्थी आन्दोलन कम्जोर हुने कुरा निश्चित छ । अहिले एक हदसम्म त्यस्तै भइरहेको छ । उदाहरण्का रुपमा पछिल्लो घटनाक्रमलाई प्रस्तुत गर्ने हो भने २०५९ असोज १८ को शाही कु पछि ऐतिहासिक जनआन्दोलन-०६२/६३ सम्म एकसाथ अथवा सामूहिक रुपमा अगाडि बढेका विद्यार्थी संगठनहरु  जनआन्दोलनको सफलता पश्चात् अनेकौँ सामूहिक मुद्दा वा विषयहरु हुँदाहुँदै पनि सामूहिक ढङ्गले अगाडि बढिरहेका छैनन् बरु कतिपय शैक्षिक संस्थाहरुमा तिनीहरु आपस्तमा भिड्ने काम गरिरहेका छन् यसो गरिनुको पछाडिको एउटा मुख्य कारण विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो संगठनको निजी स्वार्थलाई अति प्राथमिकता दिने काम गर्नु नै हो ।

५. नेता-खेतीः
हालका दिनहरुमा विद्यार्थी आन्दोलन वा संगठनहरुभित्र विकास भएको अर्को रोग नेता-खेती पनि हो जुन रोग अथवा नेता-खेती फस्टाउँदोछ अथवा नेता-उत्पादनमा बृहत्तर र तीव्र प्रगति भइरहेको छ अथवा छिटै नेता हुने-धेरै नेता हुने अथवा नेतैनेता हुने प्रवृत्ति र अवस्था विकास भइरहेको छ । परिणामतः कार्यकर्ता कोही नहुने वा हुन नचाहने केन्द्रदेखि प्रारम्भिक तहसम्मका कमिटीहरु कम्जोर वा अपरिपक्व नेतृत्वको हातमा जाने अति ठूल्ठूला कमिटीहरु बनाउनुपर्ने त्यस्ता ठूला कमिटीहरु अति अव्यवस्थित हुने अथवा तिनीहरुका बैठक समेत नियमित र व्यवस्थित हुन नसक्ने विभिन्न कमिटीहरु निर्माण र अन्य कामको दौरानमा अनेक खालका झमेला विवाद वा कचिङ्गल आइपर्ने आदि भइरहेका छन् । यस्ता कुराहरुले स्वभाविक वा निश्चित् रुपमा विद्यार्थी आन्दोलनलाई कम्जोर बनाउनेछ अथवा विद्यार्थी आन्दोलनको आयु छोटो बनाउनेछ ।

६. अराजनीतिकरणः
अघिल्लो जनआन्दोलन अथवा जनआन्दोलन-०४५/४६ को सफलता पश्चात् प्राप्त भएको वा निर्माण भएको खृुला परिस्थितिसँगै विद्यार्थी आन्दोलन गम्भीर रुपमा अराजनीतिकरणको शिकार हुँदै आएको हो र यो क्रम पछिल्ला दिनहरुमा झनै बृहत र तीव्र बनिरहेको छ । खासगरी आजभोलि ठूलो संगठन बनाउने नाममा जस्तासुकै मानिसहरुलाई भित्र्याउने काम एकातिर भइरहेको छ भने अर्कोतिर तिनीहरुलाई प्रशिक्षित गर्ने काम यथेष्ट रुपमा हुन सकिरहेको छैन । सिङ्गो आन्दोलन अथवा विभिन्न विद्यार्थी संगठनहरुभित्र राजनीतिक सैद्धान्तिक कामहरु रुचि र प्राथमिकतामा नपर्ने यहाँसम्मकि बैठकहरुमा समेत रुचिपूर्वक भाग नलिने बैठकमा गरिने बहस-छलफललाई समेत अन्यथा ढङ्गले बुझ्ने/लिने निरुत्साहित गर्ने विद्यार्थीहरुको भावना अनुसार चल्नुपर्छ भन्ने नाममा बहकावमा आन्दोलन वा संगठनलाई चलाउन खोज्ने गैरराजनीतिक कामहरुमा मात्र केन्द्रित गर्ने आन्दोलनको मूल्य-मान्यतासँग मेल नखाने कामहरुलाई पनि छुट दिने जस्ता कामहरु हुँदै आइरहेका छन् । जसले गर्दा नेता-कार्यकर्ताहरुको चिन्तन भ्रष्ट हुँदैछ आन्दोलनभित्र उछृङ्खलता अनुशासनहीनता अराजकता स्वैच्छाचारिता बृद्धि भइरहेको छ । यस्ता कुराहरुले प्रकारान्तरले विद्यार्थी आन्दोलनको आकर्षणलाई घटाउने र विद्यार्थी आन्दोलनलाई कम्जोर बनाउने अथवा विद्यार्थी आन्दोलनको आयुलाई घटाउने काम गरिरहेको छ ।

७. सजिलोमा संगठनः
आजभोति जहाँजहाँ विद्यार्थी संगठन निर्माण गर्न र परिचालन गर्न वा तिनीहरुको गतिविधिहरु अघि बढाउन सजिलो छ अथवा जहाँजहाँ स्थानीय स्तरबाटै अझ भन्ने हो भने स्वस्फूर्त रुपमै संगठन निर्माण र गतिविधि साचालन हुने अवस्था छ लभभग त्यहाँ मात्र विद्यार्थी संगठन वा आन्दोलन सिमित भएको छ । यसलाई अझ मूर्त रुपमा भन्ने हो भने साधारण शिक्षा पढाई हुने तथा स्ववियु चुनाव हुने सरकारी र सामुदायिक क्याम्पसहरु तीमध्ये पनि ठूला क्याम्पसहरुमा मात्र विद्यार्थी आन्दोलन सिमित हुन थालेको छ । स्कुलहरु निजी शैक्षिक संस्थाहरु प्राविधिक शैक्षिक संस्थाहरु साना क्याम्पसहरु गाउँ-पहाडका शैक्षिक संस्थाहरु आदिमा विद्यार्थी संगठन वा आन्दोलन कम्जोर हुँदै गइरहेको छ ।

माथि उल्लेखित पहिलो प्रकृतिकोभन्दा दोस्रो प्रकृतिको शैक्षिक संस्थाहरुको संख्या अथवा ती संस्थाहरु अवस्थित क्षेत्र र ती संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुको संख्या अधिक रहेको र यो अधिकता दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा यदि विद्यार्थी संगठन वा आन्दोलन पहिलो प्रकृतिको शैक्षिक संस्थाहरुमा मात्र सिमित हुने हो भने यसको अस्तित्व नाम मात्रको हुनु अनिवार्य छ ।

८. आन्तरिक विकृतिः
विद्यार्थी आन्दोलनभित्र अति गम्भीर प्रकृतिका विकृतिहरु झाङ्गिएको छ भन्ने कुरा लगभग सर्वस्वीकृत र सर्वजनिन् छ । तर पनि त्यस्ता विकृतिहरुको चर्चा र ब्याख्या गर्नु त्यति सजिलो काम हुने छैन । किनभने एक त त्यस्ता सबै विकृतिहरुलाई समेट्न शब्दकै अभाव पनि हुनेछ दोस्रो सबै विकृतिहरुलाई जस्ताको तस्तै राख्नका लागि लाज पचाउन सक्नुपर्छ जुन कुरा जो कोहीबाट संभव छैन तेस्रो कुरा भन्दा-सुन्दा लाज लाग्ने खालको र विद्यार्थी आन्दोलनलाई बलियो होइन कम्जोर बनाउने खालको छ भने त्यसलाई मिलाएर प्रस्तुत गर्नु अथवा त्यसलाई अति आवश्यक ठाउँमा मात्र राख्नु आन्दोलनका हित चाहने ब्यक्तिको दायित्व पनि हुन्छ साँच्चै भन्ने हो भने विद्यार्थी आन्दोलनभित्रका विकृतिहरुलाई जस्ताको तस्तै राख्ने हो भने त्यस्तो विद्यार्थी आन्दोलनलाई आजकै मितिमा बन्द गरिदिए हुन्छ भन्ने निष्कर्ष निकाल्न पनि सकिन्छ र चौथो त्यस्ता विकृतिहरुलाई जस्ताको तस्तै राख्दा कसैले आफैलाई इङ्गिगत गरेको जस्तो ठान्न सक्छ अथवा कतिका लागि अति नै पीडादायक पनि हुन सक्छ । किनकि विद्यार्थी आन्दोलनभित्रका विकृतिलाई जम्मै र जस्ताको तस्तै राख्ने हो भने विद्यार्थी सहिदको रगतले रङ्गिएको भनिएको झण्डा बनाउँदा सहिद दिवश मनाउने कार्यक्रममा सहिद अथवा ऐतिहासिक योद्धाको नाममा स्थापित अक्षय कोषमा सहिदहरुको बलिदानद्वारा स्थापित र रक्षित स्ववियुहरु साचालनमा हुने आर्थिक भ्रष्टाचारदेखि लिएर भर्नामा कमिशन खाने भर्नाका लागि भनेर विद्यार्थीहरुबाट पैसा उठाई खाने/भाग्ने वर्तमान र भूतपूर्व नेताहरुको केही समय अगाडि र अहिलेको आर्थिक अवस्था अथवा जीवनस्तरको भिन्नता विद्यार्थी नेताहरुले आफ्नो परिक्षा अर्कालाई लेख्न लगाउने आफ्नो राजनीतिक हैसियत उपयोग गरेर परिक्षामा अनियमितता गर्नेसम्मका कुरा चारित्रिक-नैतिक पतनका कुरा आन्तरिक प्रतिस्पर्धामा विजयी हुन अपनाइएका अति तल्लो दर्जाका तरिकाहरु संगठनको नाम बेचेर गलत-राम्रा सबै खाले मानिसहरुबाट अपारदर्शी तरिकाले पैसा उठाउने अनि त्यही पैसाको दुरुपयोग गरी संगठन कब्जामा लिन खोज्ने विद्यार्थी नेता-कार्यकर्ताहरुका खानपान बसउठ सबैका समग्र कथा अथवा विवरणहरु राख्नुपर्ने हुन्छ जुन कुरा माथि उल्लेखित कारणहरुले गर्दा सजिलो छैन अथवा त्यसो गर्नु उचित हुने छैन ।

संकेत र सुत्रमा भन्नुपर्दा विद्यार्थी आन्दोलनभित्र बाहिरबाट अनुमानै गर्न नसक्ने खालका आर्थिक भ्रष्टाचार चारित्रिक-नैतिक पतन सांगठानिक अराजकता अनुशासनहीनता स्वेच्छाचारिता दण्डहीनता अनेक खालका बेइमानी चरम गुटबन्दी जस्ता विकृतिहरु हुर्कि्रएका छन् जसलाई समाप्त पार्न त्यति सजिलो छैन तर त्यसलाई नहटाउने हो भने विद्यार्थी आन्दोलनको आकर्षण र औचित्यता समाप्त भएर जानेछ र अन्ततः विद्यार्थी आन्दोलन कम्जोर हुँदै समाप्त हुनेछ । तर यहीँनेर थप्नुपर्ने महत्वपूर्ण कुरा के भने त्यस्ता विकृतिहरुको अन्त नहुने हो भने विद्यार्थी आन्दोलन समाप्त भएकोमा अलिकति पनि दुःख मान्न जरुरी छैन ।

अन्तमा माथिका कुराहरु कत्तिको लागि चित्त बुझ्दो होला र कतिको लागि चित्त नबुझ्दो होला त्यो आफ्नै ठाउँमा छ तर सत्य अर्को छैन सम्बन्धितले यो कुरा बुझी काम गरे विद्यार्थी आन्दोलनका अतिरिक्त उनीहरुको समेत भलो हुनेछ कसैलाई चित्त बुझ्दैन र छलफल गर्न चाहन्छ भने यो पंक्तिकार तर्क र प्रमाणसहित छलफलमा सहभागी हुन हमेशा तयार लालयित छ गोप्य अथवा सार्वजनिक स्थल जहाँ पनि ।

पढिदिनुभएकोमा/पढिदिएमा धेरै धेरै धन्यवाद /


No comments:

Post a Comment